प्रेस स्वतन्त्रता कायम गर भन्दै नेविसंघ उत्रियो सडकमा (भिडियोसहित)


काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज सरकारविरुद्ध हर्नसहितको मोटरसाईकल जुलुस निकालेको छ ।

‘प्रेस स्वतन्त्रता कायम गर’ र ‘मुल्य वृद्धि फिर्ता गर’ भन्ने मुल नारासहित नेविसंघले आज हर्नसहितको मोटरसाईकल ¥याली निकालेको हो ।

मूल्यवृद्धि, महंगीलगायतका विषयलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको आव्हानमा देशैभरी निकालिने हर्नसहितको मोटरसाईकल र्याली अन्तर्गत काठमाडौंको पुतलीसडक, भृकुटीमण्डपका केही तस्विहरु हाम्रा फोटो पत्रकार मुकुन्द कालिकोटेले कैद गरेका छन् ।

(भिडियोसहित)

तस्विर : मुकुन्द कालिकोटे