काठमान्डौ, १२ असारः द इम्पल्स एनजिओ नेटवर्क भारतले अति संवेदनशील विषय सिमा वारपार हुने मानव बेचबिखनका सवालमा भर्खरै पत्रकारिता पेशामा लागेका र मध्यम अनुभवका पत्रकारहरुलाइ दुई किसिमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘द इम्पल्स एनजिओ नेटवर्क’ की संस्थापक एवम् अध्यक्ष हसिना खार्बीहले सिमापार क्षेत्रमा हुने मानव बेचविखन तथा ओसारपसार सम्बन्धि रिर्पाेटिङका विषयमा कलम चलाउन छात्रवृत्तिका लागि आवेदन दिन आह्वान समेत गरेकी छिन् ।

पत्रकारीता क्षेत्रमा डिजीटल पत्रकारिता सिप र रिर्पोटिङ कलालाई बढावा दिने उदेश्यले अवैध रुपमा हुने गरेको मानव बेचविखनको रोकथामका साथै यस्ता समस्याको बारेमा खोजमूलक अनुशन्धान र वकालत गर्न पत्रकारको भूमिका उल्लेख गर्दै यो अभियान चलाएको हो ।
भर्खरै पत्रकारिता पेशामा लागेका बंगलादेश, म्यानमार, भारत, र नेपालका पत्रकारहरुका लागि १ वर्षे र मध्यम अनुभवका पत्रकारहरुका लागि चार हप्ते गरि दुई किसीमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
दूई किसिमको छात्रवृति
भर्खरै पत्रकारीता पेशामा लागेका पत्रकारहरुका लागि १ वर्षे छात्रवृति
सीमापार मानव बेचबिखन सम्बन्धि रिर्पोटिङमा रुचि भएको पत्रकारलाई डिजीटल पत्रकारितामा योग्य बनाई संवेदनशील रिर्योटिङका लागि दक्ष पत्रकार तयार पार्ने। त्यसका लागि भर्खरै पत्रकारिता पेशामा लागेका बंगलादेश, म्यानमार, भारत, र नेपालमका पत्रकारहरुलाई लागि १ वर्षे छात्रवृति प्रदान गरिनेछ ।
मध्यम अनुभवका पत्रकारका लागि चार हप्ते छात्रवृत्ति
मुलुकभित्र र छिमेकी राष्ट्रहरुको सीमावार पार गरी हुने मानव बेचविखन सम्बन्धि रिर्पोटिङमा विशेष रुचि भएका पत्रकारलाई संवेदनशिल तथा गहन किसीमका रिर्पोटिङका लागि बंगलादेश, म्यानमार, भारत, र नेपालमका पत्रकारहरुलाई चार हप्ते छात्रवृत्ति प्रदान गरिनेछ ।
यस छात्रवृत्तिमा पत्रकारहरुलाई विभिन्न देशका पत्रकारहरुसँगको सञ्जाल तयार पारी स्थानीय पत्रकार र विज्ञसँग काम गर्ने अवसर दिई विभिन्न सवालका विषयमा रिर्पोटिङ गर्नसक्ने बनाइनेछ ।
इच्छुक पत्रकारहरुले २५ असार २०७५ (९ जुलाई २०१८), समय बिहान १०ः०० देखि मध्यान ०४ः३० बजे आवेदन बुझाइ सक्नुपर्ने आयोजक संस्थाले जानकारी गराएको छ ।
प्रत्येक देशका पत्रकार समितीले आवेदनका आधारमा जुलाईसम्ममा प्राप्त आवेदनको रिभ्यु गर्नेछन र पत्रकारको रिर्पोटिङ गर्ने तरिका, पत्रकारको लेखन कला, अनुभवका आधारमा छनोट गर्नेछन् ।
यसैक्रममा कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पत्रकारिता क्षेत्रमा चालेको यो कदमप्रति प्रसंशा गर्दै आयोजक संस्थालाई धन्यवाद दिएका छन् । उनले भने,‘जसले चुनौति सामना गर्दै रिर्पोटिङ गर्छ, उसैले सही समाचार सम्प्रेषण गर्न सक्छ र सफल पनि हुन्छ ।’




प्रतिक्रिया