काठमाडौं, १३ असार । आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’ की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन् ।
काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा भएको आज अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारको लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा लगिएको आफन्तले जानकारी दिएका छन् ।
सुजन आचार्यले चलाएको उक्त बाईकमा नायिका गौतम सवार थिईन् ।आचार्यले पोष्ट गरेको फेसबुकमा भनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुन पुग्यो दिदिको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आको छु, धन्न बाँच्न सफल भयौं । नयाँ जिन्दगी पायौं आज।’





प्रतिक्रिया