तारकेश्वरमा बस पल्टिदा १५ घाइते, ३ को अवस्था गम्भीर(भिडियोसहित)


असार १५, काठमाण्डौ । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ । अगाडिको बसलाई ओभरटेक गर्न खोज्दा बस तल खसेको थियो ।

अहिले शेषमति खोलमा पुगको बसलाई डोजर बाहिर निकालेको छ ।