काठमाडौं , १५ असार । मानो रोपेर मुरी फलाउने महिना हो असार । त्यसैमा असार १५ लाई कृषकहरुले महोत्सवका रुपमा मनाउँदै आईरहेका छन् । पछिल्लो समयमा सरकार पनि प्रत्यक्ष सहभागि हुँदै आएको छ ।
असार १५ को दिनमा आफ्न्तहरु, साथीभाईहरु दही चिउरा खाने र हिलो खेल्ने धान रोप्ने काममा सरिक हुने गर्दछन् । मुलुकभर आज धान दिवस मनाईदै छ ।

यसै क्रममा राजधानीको बुढानिलकण्ठस्थित युवा संघ र वाईसियलले संयुक्त रुपमा आयोजना गरेको रोपाईँ महोत्सवमा धानको बिऊ रोप्दै रक्षामन्त्री ईश्वर पोखरेलले अबको यात्रा कृषिमा आत्मनिर्भर बन्नु रहेको बताएका छन् ।
तस्बिर-मुुकुन्द कालिकोेटे




प्रतिक्रिया