ग्राण्डी अस्पतालको छतमा हेलिकप्टर दुर्घटना


असार १६, काठमाण्डौ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

घटनाबारे विस्तृत विवरण आइसकेको छैन । तर उपचारका लागि विरामी लिएर आएको हेलिकप्तर ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको आशंका गरिएको छ ।

विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ ।
हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।