युवालाई उत्पादनमा लाग्न सञ्चारमन्त्रीको आग्रह


बनेपा, असार १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युवालाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह गर्नुभएको छ ।

नेकपाका युवा संगठन (वाइसिएल) नेपाल र युवा संघ नेपाल काभ्रेले आज बनेपा नगरपालिका–१० ढुंगेसाँघुस्थित चम्पा विष्टको खेतमा आयोजना गरिएको ‘जनश्रममा युवा, रोपाइँ कार्यक्रम’मा रोपाहरहरुलाई धानको बिरुवा हस्तान्तरण गर्दै मन्त्री बाँस्कोटाले सरकारले समृद्ध नेपाल निर्माणको लागि आर्थिक विकासमा जोड दिएको उल्लेख गर्नुभयो ।

सरकारले उत्पादनमूलक कार्यलाई प्राथमिकता दिएको बताउँदै उहाँले युवा वर्गलाई उत्पादनमा लाग्नुपर्छ, त्यसमा आम नागरिक र किसानलाई पनि त्यसमा एकताबद्ध हुन अनुरोध गर्नुभयो ।  (रासस)