Logo

नेकपा केन्द्रीय सचिवालयको तेस्रो बैठक बस्दै



काठमाडौं २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सचिवालयको तेस्रो बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको छ । केन्द्रीय नेताहरूको कार्यविभाजनको विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

नेकपाले ४४१ जना नेताकै कार्यविभाजन तयारी गरेको छ । कुनै पनि नेता खाली बस्न नपरोस भन्ने हिसावले तयारी गरिएको महासचिव निकट स्रोतले जनायो ।



प्रतिक्रिया दिनुहोस्