थाइ गुफाः१० दिनपछि पहिलो पटक खानेकुरा, उद्धारमा शून्य जोखिमको रणनीति

0
Shares

काठमाडौं, २० असार । गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।पानीको भेल पसेको थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको उद्धार गर्ने क्रममा कुनै जोखिम नमोलिने एक अधिकारीले बताएका छन्।

उत्तरी थाइल्याण्डको बाढीग्रस्त गुफामा फसेका स्कूले केटाहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक खानेकुरा र औषधि पाएका छन् । चियाङ राइको गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्‍याउन एक डाक्टर र एक नर्ससहित सातजना गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँमा पुगेका थिए ।

उनीहरू हराएको नवौँ दिनपछि जीवितै फेला परेका थिए । उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्।अधिकारीहरूले शून्य जोखिमको रणनीति बनाइने बताएका छन्।

नौ दिनदेखि हराएका किशोरहरू जीवितै

चियाङ राइका प्रमुख प्रशासकले नोरोङसाक ओसोथ्थानाकोले संवाददाताहरूलाई भने, हामी ती केटाहरूलाई गुफाबाट निकाल्न हतार गर्दैनौँ। जब शून्य जोखिमको अवस्था हुन्छ त्यसपछि उनीहरू एक एक गरेर गुफाबाट बाहिर निस्कन सक्छन्। हामी ती केटाहरूलाई गुफाबाट निकाल्न हतार गर्दैनौँ । जब शून्य जोखिमको अवस्था हुन्छ त्यसपछि उनीहरू एक एक गरेर गुफाबाट बाहिर निस्कन सक्छन् ।

यो पनि पढ्नुहोस्

गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि

त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छ्न्।

गुफा हराइएको फुटबल टोलीको खोजी

थाइ अधिकारीहरूले उनीहरूलाई मंगलवार चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएकोू बताए।गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ । फसेका किशोरहरूलाई आफन्तजनसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको बताइएको छ । बीबीसी नेपाली