असार २४, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ ।
आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणले जनाएको छ ।
निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै
सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका थिए । यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो ।
भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।
तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ । पहिलो सिइओ डा. गोविन्द पोखरेललाई हटाएर सुशील ज्ञवालीलाई ल्याइएको थियो । त्यसपछि ज्ञवालीलाई हटाएर पुनः पोखरेललाई नै ल्याइएको थियो ।
प्रतिनिधीसभा चुनावमा उम्मेदवार बन्नका लागि पोखरेलले राजिनामा दिएपछि युवराज भुसाललाई सिइओ बनाइएको थियो । अहिले फेरी भुसाललाई हटाइएको छ । अब केपी ओली नेतृत्वको सरकारले कसलाई सिइओ बनाउँछ त्यो हेर्न बाँकी छ ।
प्राधिकरणलाई राजनीतिक भर्तिकेन्द्र बनाइदा चारपटक सम्म सिइओ फेरिएका छन् । यता भूकम्प पछिको पुनः निर्माणभने प्रभावित हुँदै आएको छ ।




प्रतिक्रिया