Logo

टर्कीका राष्ट्रपति एर्दोगानद्वारा नयाँ कार्यकालको सपथ ग्रहण



अङ्कारा, टर्की, २६ असार / टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रप्रमुखका रूपमा सोमबार नयाँ कार्यकालको सपथ ग्रहण गर्नुभएको छ ।

यस दशकमा टर्कीको नेतृत्व गरेका राष्ट्रप्रमुखमध्ये उहाँ सबैभन्दा शक्तिशाली राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभएको हो । टर्कीको प्रतिपक्षीद्वारा एक व्यक्तिमा निहित शासन प्रणाली भनी शक्तिशाली राष्ट्रपतिको आलोचना गरेको छ ।

राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेपछि नेता एर्दोगानले देश र जनताको हितका लागि निष्पक्ष रूपमा काम गर्ने बताउनुभयो ।
कार्यकारी राष्ट्रपतीय प्रणालीमा नयाँ सपथ ग्रहणपछि शुभकामनाका लागि आयोजित भब्य समारोहमा विश्वका करिब एक दर्जन नेताहरूको उपस्थिति रहेको थियो ।

नयाँ राष्ट्रपतिका रूपमा आगामी दिनमा एर्दोगानलाई पश्चिमी मुलुकहरू र टर्कीबीचको तनाबले असन्तुलित बनाएको तीव्र आर्थिक वृद्धि तथा विदेश नीतिसम्बन्धि समस्याको चुनौति रहने छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्