असार २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले डा. गोविन्द केसीका केही मागहरु जायज भएको दाबी गरेका छन् ।
भण्डारीले केसीको माग पूरा भएमा कुनै राजनीतिक दल वा स्वार्थ केन्द्रित समुहले केही पनि नपाउने तर जनताले अवसर पाउने बताए ।
सम्बन्धित समाचार :
डा. केसीलाई काठमाण्डौ झिकाउने ओलीको तयारी, वार्ता टोली पठाउने केसीको सन्देश
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जनताले ठूला रोगको उपचार सहजै पाउन नसकेको अवस्थामा केसीका मागले उक्त समस्या समाधान गर्न सक्ने बताए ।
“शिक्षा र स्वास्थ्य सेवालाई नाफामुलक नगराउने केसीको अभियानलाई हाम्रो समर्थन छ । सरकारका सबै कुरा पनि बेठिक छैन । तर केसीले उठाएका जायज माग सम्बोधन गर्नुपर्छ ।” भण्डारीले भने ।
कुनै पनि कुराका लागि अनशन बस्ने वातावरण नबनोस भन्ने कांग्रेसको चाहना रहेको बताउँदै भण्डारीले सरकार यस कुरामा गम्भीर बन्नुपर्नेमा जोड दिए ।
अहिलेको सरकारले केही राम्रा काम गर्न खोजे पनि देशलाई बर्बाद बनाउनेहरुको षडयन्त्रमा प्रधानमन्त्री केपी ओली फसेको भण्डारीको तर्क छ ।
“वर्तमान सरकारले केही कुरा गर्न खोजे पनि उसको वरिपरि मेडिकलको नाममा, कालो कोटको नाममा, ठेकेदारको नाममा, एनजिओको नाममा यो देशलाई बर्बाद बनाउनेहरुको घेराबन्दी छ ।” भण्डारीले भने ।




प्रतिक्रिया