वर्तमान संविधानले देश र जनताको रक्षागर्न सक्दैनः महासचिव भण्डारी

0
Shares

काठमाडौं, ३१ असार । विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् ।

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भण्डारीले यस्तो दाबि गरेकी हुन । संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै महासचिव भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन् ।

उनले भनिन्, ‘संघीयता विकासको आधार होईन हाम्रोजस्तो देशमा विकासको बाधक पनि हो, संघीयता नभएका विश्वका धेरै देशहरु विकसित छन, यूरोपियन देशहरुमा बेलायतकी महारानीलाई मानार्थ महारानीको रुपमा स्वीकार गरेका छन्, हाम्रो देशले आफ्नो देशको राजालाई समेत स्वीकार गर्न सकेन ।’

बिदेशीको इशारामा संघीयता लादेको भन्दै भण्डारीले थपिन्,‘ स्वीट्जरल्याण्डमा सबैभन्दा पहिले तीनवटा जर्मन भाषी देशहरु मिलेर संघीयता सूरु गरेका थिए, त्यसपछि अमेरिकामा १८७९ मा १३ देशहरु मिलेर संघीयताको कार्यन्वयन गरेका छन्, हाम्रो देशमा पाँचवटा विकास क्षेत्र थिए, त्यसलाई टुक्राएर ७ वटा बनाईएको छ, यो बेल्कुल ठिक छैन ।’

कार्यक्रममा गठबन्धनका सह–संयोजक शोभाराम थापा, सुष्मा बराल, घनेन्द्र बस्नेत, भुवनेश्वर थापा लगायतले आफ्ना कुराहरु राखेका थिए भने गठबन्धनका महासचिव चक्रदेव जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।