Logo

‘संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन’



लालबाबु पण्डित, मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन

सरकारविरुद्ध मोर्चावन्दी भइरहेको बेला सरकार पनि मुठभेडतिर जान लागेको हो ? शान्तिपूर्ण आन्दोलनमा आक्रमण गर्यो नि सरकारले ?
सरकार कमजोर छैन । गलत कुराको पछाडि लाग्दैन । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्छ । हामी दमनको बाटोमा जान चाहन्नाँै । जनताले दिएको अभिमतको कदर गर्न नसक्नेहरुका कारण यो अवस्था आएको हो । ५ वर्षसम्म पनि कुर्न नसकेर हतारमा प्रधानमन्त्री बन्न चाहनेलाई भित्रैदेखि काउकुती लागेको छ । तिनले सोच्नुपर्छ कि मेरो काउकुति गलत रुपमा लागेको छ भन्ने कुरा । निद्राबाट व्यूझिएर बर्बराएको कुनै अर्थ छैन ।

हिजोका शान्तिपूर्ण जुलुसमा किन सरकारले आक्रमण गर्यो त ?
मन्त्रीका चारवटा गाडी फुटाउने जुलुस शान्तिपूर्ण हुन्छ ? त्यही नै प्रजातन्त्र हो ? लट्ठीमा पाँच इन्चीको किला ठोकेर जुलुसमा उत्रिने शान्तिप्रेमी हुन्छ । यस्ता अपराध रोक्ने काम सरकारको हो ।

सम्बन्धित समाचार :

माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की

कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)

ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)

बिना शर्त वार्तामा आउन केसीलाई सरकारको आग्रह, विधेयक फिर्ता नगरे वार्ता नगर्ने केसीको अडान

नागरिक अगुवाहरु पनि सरकारको विरुद्धमा उत्रिसके । अरु धेरै व्यक्ति र समुह पनि आन्दोलनमा छन् । यसलाई तपाईहरुले सामान्य ढंगले लिनुभएको हो ?
नागरिक अगुवाहरुको भूमिका गलत छ । प्रधानमन्त्री, राष्ट्रपति मै हुँ, सर्वमान्य मै हुँ, ऐन, कानुन सबै मै हुँ, जनता पनि मै हुँ भन्ने अप्रजातान्त्रिक सोचले कोही पनि सफल हुँदैन ।

चित्त नबुझेको कुरामा विरोध गर्दा अहिलेको सरकार किन आक्रामक बनिरहेको छ ? यसले त राम्रो नतिजा दिदैन होला नि ?
प्रजातन्त्रको अगुवाहरुले नै प्रजातन्त्रको प्रक्रिया मिच्न खोजेका छन् । यस्तै तरिका अपनाउने हो भने त राजनीतिक पार्टी विघटन अनि संविधान च्यात्नु पर्ने हुन्छ । कोही एउटा व्यक्ति ठूलो हुन्छ, उसैले भनेको मान्नुपर्छ भन्ने हो भने त संविधान च्यातेर फाले भइहाल्यो नि ।

डा. गोविन्द केसीको पक्षमा यति धेरै जनता र विभिन्न समुह आइसकेको छ । सडक आन्दोलन सुरु भएको छ । सरकार चिकित्सा शिक्षा विधेयकमा किन निजी क्षेत्रका व्यापारीको पक्षमा उभिएको ?
अहिलेको अर्थ नीति तीन खम्बे छ । निजी, सहकारी र सरकारी पक्षको लगानीबाट नै आर्थिक विकास सम्भव छ । सरकारी लगानीमा मात्रै मेडिकल कलेज खोल्नुपर्छ भन्ने मागको कुनै अर्थ छैन ।

गोविन्द केसीको मागलाई त धेरैले समर्थन गरेका छन् नि ?
कसले के भन्यो त्यो पछिको कुरा हो । तर भनेको कुरा ठिक हो कि होइन ? गोविन्द केसीको एउटा कुरा, नयाँ मेडिकल कलेज खोल्नदिनु हुदैन, पुरानोलाई मात्रै चल्न दिनुपर्छ । पहिले खोलेकालाईमात्र लुट मच्चाउन दिनुपर्छ भन्ने माग जायज छेन । मेडिकल शिक्षाभित्रको विकृति अन्त्य गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन । तर नयाँ खोल्न दिनु हुँदैन, सरकारले मात्रै मेडिकल कलेज खोल्नुपर्छ भन्ने कुरा हुन सक्दैन । असम्भव माग बोकेर हिँड्नुको कुनै अर्थ छैन । यो विवादमा कुनै पनि राजनीतिक दल अल्झिनु आवश्यक छैन ।

माथेमा आयोगले दिएको सुझाबका आधारमा आएको अध्यादेशको विरुद्धमा किन विधेयक ल्याइयो ?
यो सरकारले नेपलालाई नै मेडिकल शिक्षाको गन्तव्य बनाउन खोजेको छ । नेपाली विद्यार्थी विदेश जाने होइन, विदेशी विद्यार्थीसमेत नेपाल आउने वातावरण सृजना गर्नका लागि सरकार प्रतिवद्ध छ । तर विदेश पढ्न जाने, नेपाली पैसा विदेश पठाउनुपर्छ भन्ने माग गरिएको छ ।

सरकार त दुई, चार जना मेडिकल कलेज माफियाको कब्जामा छ भन्ने आरोप छ नि ?
मेडिकल माफियाको कब्जामा त यस्ता माग उठाउनेहरु नै छन् भन्ने कुरा देखिदैछ । कुन मेडिकल कलेज कुन राजनीतिक दलका नेताको छ भन्ने कुरा त थाहा होला नि । गोविन्द केसी चुनावमा कुन राजनीतिक दलका उम्मेदवारलाई भोट माग्दै हिँडेका थिए भन्ने कुरा पनि थाहा होला । यो पनि थाहा हुनु पर्छ कि शिक्षण अस्पताललाई आन्दोलनको केन्द्र बनाएर त्यहाँको सेवा ध्वस्त पार्नुपर्छ भनेर गोविन्द केसी लागेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्रतिष्ठा कहाँ पुर्याउनुभएको छ, त्यो ख्याल गर्नुपर्दैन ?

गोविन्द केसीले त मेडिकल शिक्षा क्षेत्रको सुधारका लागि अनशन बस्नुभएको हो नि ?
हजारौँलाई मारेर म मर्न लागेँ बचाउ भन्न सुहाउँदैन । मर्ने बाटोमा जानै हुँदैन । सरकारले मर्न पनि दिदैन । यदी मरिहाले भने जसले मर्ने बाटोमा डोर्याएको छ उनीहरुले ने जिम्मा लिनुपर्छ ।

डा. केसीको स्वास्थ्य खराब भइसकेको छ । अब सरकारले के गर्छ ?
उहाँको जीवनरक्षा कै निम्ती जुम्लाबाट काठमाण्डौ ल्याएर उपचार गराएको हो । जुम्ला पुर्याउने राजनीतिक दलहरुले बुझ्नुपर्छ कि उनलाई मार्न खोेजेको हो कि बचाउन ? गोविन्द केसीको पछाडि दौडिने हो भने उनैलाई पार्टी सभापति बनाए भइहाल्यो नि । केसी पनि प्रतिस्पर्धामा आए भइहाल्यो नि । लोकप्रिय मत पाए भैगो नि । अरुले उचालेको भरका किन मर्न तयार हुने ? जनताको मत लिनको लागि तयार हुनुस् न ।

तर तपाईहरु त अहिले अप्ठ्यारो अवस्थामा पुग्नुभयो नि ?
अप्ठ्यारो अवस्था समाधान गर्नका लागि त सरकार बनेको हो नि । सजिलो काम गर्नका लागि सरकार बनाएका होइनाँै । जनताको मत पाएर सरकार बनाएका हौँ । यो कुरा जनताले किनारा लगाएकाहरुले बुझ्नु जरुरी छ । अबको ५ वर्षपछि परीक्षाको घडीमा जनताको सामु जाँदा अनि थाहा हुन्छ ।

अब सरकारले कसरी समाधान खोज्छ त ?
सम्वाद र सहमतिका लागि सरकार तयार छ । चिकित्सा शिक्षा ऐनको जुन मस्यौदा तयार छ, त्यसमाथि सदनमा छलफल गर्न सरकार तयार छ, सडकमा होइन ।

चिकित्सा विधेयक त संसदबाट फिर्ता लिनुपर्छ भन्ने माग छ नि ?
फिर्ता कुनै पनि हालतमा हुँदैन । संसदबाट जनप्रतिनिधीले छलफल गरेर संशोधन गर्नुपर्ने कुरामा गर्छन् ।

तर गोविन्द केसीले त संसदमा लगिएको विधेयक फिर्ता नभएसम्म अनशन तोड्दिन भन्नुभएको छ नि ?
गोविन्द केसीले भूल गरिसक्नुभएको छ । गएको चुनावमा उहाँ डाक्टरी जागिर छोडेर जनताको मत जितेर आएको भए हुन्थ्यो । अब त ५ वर्ष पर्खेर चुनाव जितेर आएर संसदमा आफ्नो कुरा राख्न सुझाब दिन्छु ।

सरकारले गोविन्द केसीको कुनै पनि माग पूरा गर्न सक्दैन ?
नयाँ मेडिकल खोल्न नपाउने भन्ने माग बाहेक अरु मागका विषयमा छलफल गर्न सकिन्छ । चिकित्सा शिक्षालाई जनताको पहुँचमा पुर्याउने र गुणस्तरीय मेडिकल शिक्षा दिने कुरामा हामी पछि हट्दैनौँ ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग गरिएको कुराकानी)



प्रतिक्रिया दिनुहोस्