Logo

विश्वकप पदक स्वीकार नर्गर्ने क्रोएसियाली खेलाडि



काठमाडौँ,६ साउन । क्रोएसियाली स्ट्राइकर निकोला कालिनिचले विश्वकप पदक ग्रहण गर्न अस्वीकार गरिदिएका छन । स्ट्राइकर कालिनिच सम्पन्न रुस विश्वकपमा क्रोएसियाली टोलीको अन्तिम २३ भित्रका खेलाडी रहेका थिए । यद्यपि उनलाई प्रतियोगिताको बीचमै घर फर्काइएका थिए ।

प्रशिक्षक ज्लाट्को डालिचका अनुसार समूहगत चरणको खेलमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न नमानेपछि उनलाई कारबाहीस्वरूप घर फर्काइएको थियो । समूहगत चरणअन्तर्गत नाइजेरिया विरुद्धको खेलमा क्रोएसियाले २–० को जित हात पार्दा सो घटना भएको थियो । प्रशिक्षक डालिचका अनुसार उनले कालिनिचलाई खेलको ८५औं मिनेटमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्नका लागि भनेका थिए ।

कालिनिचले आफ्नो ढाडमा समस्या भएको भन्दै अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेको प्रशिक्षक डालिचले बताउन्छन । उनले आफ्नो ढाडमा समस्या भएकाले खेल्न नसक्ने जवाफ दिएका थिए’, प्रशिक्षक कालिनिचले भने, ‘जब कि उनी पहिलेदेखि नै मैदानमा जान वार्म अप गरिरहेका थिए । उनको भूमिका शंकास्पद देखिएपछि मैले उनलाई घर फर्काएको हुँ ।’

यो पनि पढ्नुहोस्

वर्षाले पखालिएको आँसु

विश्वकप फाइनलमा हौसला बढाउन मन्त्रीपरिषद बैठकमै क्रोएसियाको जर्सी !

को हुन ति दर्शक जसलाई विश्वकपको फाइनल चलिरहेको बेला मैदानमा छिर्दा जेल सजाए सुनाईयो ?

उनले खेल्न नमाने पनि सो खेलमा नाइजेरियालाई सहजै पराजित गर्दै क्रोएसिया अघि बढ्यो । फाइनलमा फ्रान्ससँग पराजित भएपछि मात्रै क्रोएसिया उपविजेताको रूपमा घर फर्किएको थियो । ्यस पटको विश्वकपमा हुनुपर्ने २३ मध्ये क्रोएसियाले २२ खेलाडीले मात्रै खेलेको थियो । त्यही २२ खेलाडीले जितेर ल्याएको दोस्रो स्थानको पदक भने कालिनिचले ग्रहण गर्न अस्वीकार गरेको क्रोएसियाली मिडियाले जनाएका छन् ।

क्रोएसियाली मिडियाका अनुसार कालिनिचले आफूले विश्वकपको मत्वपूर्ण खेलहरू नखेलेको भन्दै पदक ग्रहण गर्न अस्वीकार गरेको बताईएको छ । प्राप्त उपाधिकालागि सबैलाई धन्यबाद छ तर मैलै प्रतियोगिताको महत्वपूर्ण चरणका खेलहरू खेलिनँ’, कालिनिचलाई उद्धृत गर्दै क्रोएसियाली मिडियाले लेखेको छ, ‘त्यसैले यो पदक ग्रहण गर्न लाएक नरहेको उनले प्रष्ट पारेका छन ।’एजेन्सि



प्रतिक्रिया दिनुहोस्