Logo

वाशिंङटन डिसीबाट केसीलाई समर्थन



काठमाडौँ,७ साउन । डा। गोविन्द केसीको समर्थनमा बिश्वका बिभिन्न देशहरुमा रहेका नेपलिहरुले आवाजहरु उठाउन थालेका छन । यसैक्रममा अमेरीकाको वाशिंङटन डिसी क्षेत्रका नेपाली समुदायहरु जम्मा भएर ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । विभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको विरोध गरेका हुन् ।

उक्त विरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघरसंस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका थिए । सबै नेपालीहरुको सिम्बोलिक प्रतीकात्मक रुपमा प्रदर्शन गरेको जनाए ।

उक्त भेलामा सहभागीहरुले डा। केसीको माग यथा शिघ्र पुरा होस् दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै विरोध गरेका छन। उनलाई दमन गर्ने नीति सरकारको रहेकोले सरकारको विरोध गर्दै केसीको पक्षमा समर्थन जुटाउन जम्मा भएको बताए ।

यसै गरि सहभागीले डा। केसी जोगी हुन् उनको केही स्वार्थ छैन । उनको कुरा नसुनेर निर्ममता पूर्वक दमन गर्ने जुन नीति सरकारके लिएको छ त्यो तुरुन्त बन्द गर्ने माग राखेका छन् ।

सहभागीले डा। केसीले आफ्ना लागि केहि नगरेको जनताको लागी काम गरेको भन्दै १५ चोटी अनसन बसी सकेको डा केसीको कुरा सरकारले सुन्नु पर्ने बताए । सहभागीहरुले यो विरोध भनेको माफियाको लागि हो भनि विरोध गर्दै डा। केसीको पक्षमा ऐक्यबद्धता जनाउन आएको बताए ।

यसै गरि डा। केसीको पक्षमा छौ र देश विदेशमा बस्ने सबैले समर्थन गर्नु पर्ने बताए । उनको माग जायज भएको भन्दै उनको मागलाई सबैले समर्थन जनाउन आग्रह समेत गरेका छन् । डा। केसीको माग र समर्थन जुटाउन र यसलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन र समर्थन गर्दै सरकारले मानव अधिकारवादी तथा सत्याग्रहीलाई समेत दमन गरेकोमा विरोध गरेका छन् । देश विदेशमा रहेका सबैले डा। केसीलाई समर्थन गर्न आग्रह समेत गरेका छन्

अनसनमा बसेका सत्याग्रही डा। केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राखेको माग जायज हो र यसलाई पुरा गर्नु पर्ने सरकारलाई दवाब दिएका छन् । सहभागीहरुले पंचायत व्यवस्था र राणा शासन कालमा पनि शिक्षा र स्वास्थ्य को क्षेत्रमा सरकारले यस्तो दमन नगरेको चर्चा गरे । साथै सत्ताधारी सरकारले लिएको दम्भ गरे फेरी जनताले सत्ता बाहिर ल्याउन सक्ने समेत चेतावनी दिएका छन् । साभारः नेपाल जापान डटकम



प्रतिक्रिया दिनुहोस्