Logo

पोर्चुगलका नेपाली आप्रवासीले अनुमति पाएको पाँचबर्षमा ग्रिनकार्ड पाउने



काठमाडौँ,७ साउन । पोर्चुगलमका आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि ‘न्याशनलिटी’ प्राप्त गर्न सक्नेभएका छन । अहिलेको कानूनमा आप्रवासीहरुले अनुमति पाएको छ वर्षपछि मात्र न्याशनलिटीको लागि प्रक्रिया अगाडि बढाउन पाउने व्यवस्था रहेको थियो ।

एशियन आप्रवासीहरुबीच प्रशिद्ध अधिवक्ता डा मार्कोका अनुसार दुई वर्षदेखि पोर्चुगलममा बसोवास गर्दै आएका बालबालिकाले पनि न्याशनलिटी पाउने भएका छन । यो कानून संसदबाट पारित भएर लागू हुने प्रक्रियामा रहेको जनार्ईएको छ । नेपालमा संसदले विधेयक पारित गरेपछि राष्ट्रपतिबाट स्वीक्रित गरेजस्तै पोर्चुगलमा पनि प्रकृया पूरा गर्न आगामी अगष्ट अन्तिम वा सेप्टेम्बर दोश्रो हप्तासम्म लाग्न सक्ने जनार्इृएको छ।

यो कानून लागू हुनेबित्तिकै पोर्चुगलमा रहेका हजारौ नेपालीहरुले राहत पाउनेछन् । २०१३ भन्दापछि आप्रवासी अनुमति पाएकाहरुले पहिले भन्दा एक वर्ष छिट्टै न्याशनलिटी प्राप्त गर्ने छन् । लगत्तै पासपोर्टका लागि आवेदन दिन सक्ने छन् ।

पोर्चुगल मिनी नेपालजस्तो बनेको छ । युरोपलगायत अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापानजस्ता प्रतिव्यक्ति आय र जीवनस्तर राम्रा भएका देशहरुबाट पनि नेपालीहरु पोर्चुगलमा आएका छन् । आप्रवासी प्रक्रिया सजिलो भएका कारण धेरैको गन्तब्य पोर्चुगल बन्ने गरेको छ ।

सबैजसो नेपालीको चाहना यहाँको पासपोर्ट हात पारेर अरु राम्रो आय हुने र जीवनस्तर राम्रो हुने देशमा बसाइ सर्ने रहेको पाइन्छ । आप्रवासीबारे नेपालीहरुमा सबैभन्दा धेरै जानकारी राख्ने मध्ये गैर आवासीय नेपाली संघ, पोर्तुगलका भूपू अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाका अनुसार यहाँको पासपोर्ट लिएपछि धेरै नेपाली बेलायत, नर्वे, बेल्जियम, जर्मनी, डेनमार्क, स्वीडेन, स्वीटजरल्यान्ड लगायतका देशहरुमा जाने गरेका छन् ।

अर्कोतर्फ रेगुरलाइजेशनको प्रकृयामा रहेकाहरुमध्ये १२ महिनाभन्दा बढी सामाजिक कर तिरेका आप्रवासीहरुलाई बसाइ अनुमति दिने कुरा पनि सार्वजनिक भएको छ । आप्रवासीका अधिकारका लागि काम गर्ने निकाय सोलिदरिअदाद इमिग्रेंट ले पोर्तुगलमा अब ३० हजार आप्रवासीलाई छिट्टै बसाइ अनुमति दिन लागेको कुरा फेसबुक पेजमा उल्लेख गरेको छ ।

अधिवक्ता डा मार्को भन्छन् समग्रमा आप्रवासीहरुका लागि यसपटक यहाँको सरकार सबैभन्दा सकारात्मक भएको पाइएको छ ।श्रोतः नेपाल जापान डटकम



प्रतिक्रिया दिनुहोस्