Logo

एनआरएनएद्धारा कतारमा स्वास्थ्य शिविर गरिदै



काठमाडौँ,७ साउन । कतारमा गैरआवसीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय समन्वय परिषद्ले गत ८ जुनमा गरेको निर्णय अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा दोहाको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ तारिकका दिन निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको हो।

स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीहरुलाई उपस्थिति भैइ शिविरबाट लाभ लिनको लागि परिषद् कतारले अनुरोध गरेको छ।

शिविरमा ब्लड प्रेसर रक्तचाप जाँच, मधुमेह सुगर जाँच, बीएमआइ जाँच, दातको जाँच गर्नुको साथै विशेषज्ञद्वारा अन्य स्वास्थ्य जाँच गरिने परिषद् कतारका प्रवक्ता अशोक तामाङ्ले बताए।श्रोतःडिसी नेपाल



प्रतिक्रिया दिनुहोस्