Logo

नेमार रियल मेड्रिडजाने कुरा हल्लामात्र भएको खुलासा



काठमाडौँ,७ साउन । नेमारले खेल्दैआएको आफ्नो क्लब छोड्ने चर्चाहरुको बिचमा आफ्नो आधिकारीक धारणा ब्यक्त गरेका छन । उनले हल्लाका पछाडि नलाग्न सबैमा अनुरोधपनि गर्दे आफु पेरिस सेन्ट जर्मेन (पिएसजी)मा नै रहने जानकारी गराएका हुन । एक च्यारीटी कार्यक्रमको अवसरपारेर उनले भनेका छन‘मेरो करार क्लबको साथमा रहेको छ त्यसकारण म पेरिसमै रहनेमा दुईमतनै रहदैन’।

पछिल्लो समय बार्सिलोनाबाट पीएसजीमा आएर उनि संसांरका सबैभन्दा महंगा खेलाडि बनेका थिए । यसपटक उनको रियल मेड्रिड जाने हल्लाचलिरहेको थियो । जहाँ क्रिष्ट्रियानो रोनाल्डो जुवेन्टस गएपछि मेड्रिमा एकजाना ठुला खेलाडिको कमि रहेको छ ।

यो भन्दा पहिले रियल मेड्रिडले आफ्नो तर्फबाट प्रेष बिज्ञप्ति निकाल्दै नेमारसंग कुनैपनि प्रकारका सम्झौताहरु नभएको प्रष्ट पारेको छ ।रशियामा भएको बिश्वकपखेलको समयमा उस्ता सामाचारहरु आईरहेका थिए कि यूरोपिएन चैम्पियन रियल मेड्रिडमा रोनाल्डोको खालिठाउँमा जाने चर्चा चलिरहेको थियो । रोनाल्डो हालै रियल मेड्रिड छोडेर सेरी–ए बिजेतासंग जोडिएका छन ।

नेमारले फोक्स स्पोर्टससंग कुरागर्दे बताएका छनकि उनि दोश्रो सिजनमापनि पीएसजीमै रहनेबारेमा पनि जानकारी गराएका छन । उनले आफु क्लबसंग अनुबन्धित भैसकेकाले सबैमा अनावश्यक अनुमान नलगाउन पनि आग्रह गरेका छन । उनले भनेका छन‘मेरो अगाडि ठुला चुनौतिहरु रहेको र आफ्नो मनमा कुनैपनि कुरा परिवर्तन नभएको समेत बताएका छन ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्