Logo

प्रवासी नेपालीको माझमा मदन कृष्ण अमेरिकामा



काठमाडौ,८ साउन । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसँग अगस्त ४ मा अमेरिकामा हुने अन्तरक्रिया कार्यक्रम पत्रकार प्रेम बानिया र लोक गायक प्रेम राजा महतले गर्ने भएको कुरा जानकारीमा आएको छ । कार्यक्रमकालागि आयोजकले आवश्यक ब्यवस्ता मिलाई रहेको समाचार प्राप्त भएको छ

कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण श्रेष्ठ अमेरिका गैसकेका छन । यसै गरि पत्रकार प्रेम बानिया अमेरिका गएपछिको सार्वजनिक रुपमा कार्यक्रममा पहिलो पटक देखिनलागेको पनि आयोजकको दाबि रहेको छ ।

प्रेम बानिया, पेम राजा महत र मदन कृष्णको नेपालमा रहदा बखत बाटै राम्रो चिनजान रहेको कारणपनि उनिहरुको कार्यक्रममा समान सहभागिता रहने कुराको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले बताएका छन ।

कायैक्रममा कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने, अन्तरक्रियामा सहभागी हुन् पाइने ,जिज्ञाशा राख्न पाउने ,उनका जीवनका कुरा सुन्न पाइने, उनको आत्मकथाुमहको पुस्तक बारेमा चर्चा सुन्न पाइने तथा गीत समेत सुन्न पाइने भएकोले अमेरिकामा रहेका प्रवासि नेपालीहरु खुसी रहेका अनुमान लगाउन सकिन्छ ।
कार्यक्रम मेरिल्याण्ड राज्यको को जर्मन टाउन शहरमा हुने श्रोतले जानकारी गराएको छ।

सीमित टिकट रहेकाले टिकट बेचबिखनको काम चलिरहेको आयोजकले जनाइको छ । रात्रिभोजन को लागि ६० डलर तथा संस्थाका आजीवन सदस्यरुलाई ५५ डलर दर्ता शुल्क तोकिएको पनि उनले जानकारी गराएका छन ।

आयोजकका अनुसार संकलन भएको केहि रकम क्यान्सर पिडीत तथा छात्रवृत्तिमा जाने जानकारीमा उल्लेख गरेका छन ।



प्रतिक्रिया दिनुहोस्