Logo

जसको एक सेल्फिले खेल जिवननै बर्वाद गरिदियो !



काठमाडौ,८ साउन । जर्मन फुटबल संध(डिएफबी)ले फुटबल खेलाडि मेसुत ओजिलद्धारा लगाएको रंगभेदको आरोपलाई खारेज गरिदिएको छ । तर संधले यो कुरामा भने सहमत जनाएको छ कि खेलाडिलाई रंगभेदको समस्याबाट निकाल्न चाडै कुनै ठोस कदम चालिने छ ।

डीएफबीले एक बयानमा भनेको छ कि ‘हामिलाई ओजिल राष्ट्रिय टीमबाट बाहिरीएर जादा दुःख लागेको कुरापनि बताएको छ । कयौ बर्षबाट एकिकरणको भावना बोकेको डीएफबीमा रंगभेदको कुनै बिभेद नरहेको पनि प्रष्ट पारिएको जनार्ईएको छ ।’

इंग्लिश क्लब आर्सनलबाट खेल्दै आएका २९ बर्षीय मिडफील्डर ओजिलले आईतबार आफुप्रति गरिएको रंगभेदको ब्यवहारलाई कारण देखाउदै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

ओजित टर्कीस मुलको जर्मन खेलाडी रहेका थिए । उनले डीएफबी पदाधिकारी, संञ्चार माध्यमसंग कुरागर्दे भनेका छन‘जब हामिले खेल जितेमा म जर्मनिको खेलाडीको रुपमा मानिन्छु तर जब खेलमा हारको परिणाम बेर्हछौ त्यस बेला मलाई आप्रवासीको दर्जा दिने जस्ताकुराकोपनि उनले खुलासा गरेका छन ।

यो पनि पढ्नुहोस्

वेदको धुनमा फुटबलको उल्लास

के २०२६ मा हुने विश्वकप फुटबलमा भारत सहभागि हुन सक्ला ?

फुटबलमा नेपालको प्रगतिः नेपालको झण्डा बोकेर बिश्वकप हर्ने रहर कहिले पुरा हुन्छ ?

आजिल २०१४ को विश्व विजेता जर्मन टीमको एक खास खेलाडि सदश्य रहिसकेका छन । उनेल टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डाेगनको साथमा फोटो खिचाएका थिए । जसका कारण बिबादको सुरुवात भएको थियो । २०१८ मा भएको फिफा वल्र्डकपमा समुह चरणबाटै बाहिरिएपछि उनलाई बिभीन्न धम्की तथा रंगभेदसंग जोडेर आलोचना गरिएको थियो ।
जर्मनीको टीम विश्वकपमा दक्षिण कोरियासंग ०–२को लज्जास्पद हार ब्यहोर्दे समुह चरणबाटै घर फर्केको थियो ।



प्रतिक्रिया दिनुहोस्