काठमाडौं, १० साउन । गिरिश रिजाल ‘समीप’ को निर्देशन र नवनायिका सनमको लेखन रहेको चलचित्र ‘रेनी’को प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।
बुधवार सामाजिक संजाल फेसबूक मार्फत पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिती भदौ ८ गतेलाई फाइनल गरिएको चलचित्र निर्माण युनिटले जनाएको छ।
काठमाडौं उपत्यका तथा कुलेखानीमा छायांकन गरिएको यस् फिल्म एक्शन,लभ,कमेडीका साथै सामाजिक सन्देश्युक्त भएको निर्मात्री बिमला बताउँछिन्।
जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन्। राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन्।
त्रिकोणात्मक प्रेमकथामा निर्मित यस चलचित्रलाई बिमला मल्ल र संजिव मल्लले सयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा सरोज खनाल, सुरविर पण्डित दारी बा, दीपक ढकाल, गिरिश रिजाल समीपका साथमा नवनायिका सनम मल्ल लगायतका कलाकारअहरुको अभिनय रहेको छ।




प्रतिक्रिया