डा. केसीले सरकारको प्रस्ताव अझै मानेनन्, पुनः वालुवाटारमा छलफल हुँदै


साउन १०, काठमाण्डौ । सरकार र डा. गोविन्द केसीबीच अझै सहमति हुन सकेको छैन ।

यसअघि भएको भनिएको सहमतिले अन्तिम रुप पाउन नसकेको हो ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेको हो ।

नौ बुँदे पत्रमा पनि डा. केसीले असहमति जनाएपछि पुनः वालुवाटारमा छलफल सुरु भएको छ ।