बलाधिकृत रथी थापालाई प्रधानसेनापति बन्ने बाटो खुला


नेपाली नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापति बन्ने बाटो खुला भएको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले रथी थापालाई कायम मुकायम (कामु) प्रधानसेनापति बनाउने निर्णय गरेसँगै उनी प्रधानसेनापति बन्ने बाटो सहज भएको हो।

मन्त्रिपरिषदको आजको बैठकले रथी थापालाई आगामी साउन २५ गतेदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको हो।

सम्बन्धित समाचार :

संस्थान निर्देशन बोर्ड खारेज, यी हुन आजको क्याविनेटको निर्णयहरु

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौं २५ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले बलाधिकृत रथी थापालाई कायममुकायम प्रधान सेनापति तोक्न राष्ट्रपतिलाई सिफारित गरेको हो। रथी थापा हाल नेपाली सेनाको बलाधिकृत रथीको जिम्मेवारीमा छन्।