Logo

सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन



काठमाडौँ, ११ साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत निधन भएकोजानकारी दिएको छ। सन् १९०१ को मे २ तारिखमा जन्मिएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक रहेका थिए।

गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।निधन भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेको मन्त्रालयले जनाएको छ । तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उनि अहिले ११५ वर्षकी भएकी छन।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बन् । उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको जनाईएको छ ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्