Logo

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता



जोहानेसबर्ग, ११ साउन / चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा हुनुहुन्छ ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा “विश्वमा आर्थिक समृद्धिका लागि समावेशी आर्थिक विकास” भन्ने नाराका साथ उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन ब्रिक्सको १० औँ सम्मेलन जारी छ । सो सम्मेलन आजै सम्पन्न हुँदैछ ।

उक्त सम्मेलनमा सहभागिताका लागि ब्रिक्स आबद्ध अरु देशमा राज्य प्रमुखहरु पनि त्यहाँ पुग्नुभएको छ । दुई राष्ट्रपतिबीच विश्वको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका साथै दुई देशको आपसी सम्बन्धका विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।

ब्रिक्समा ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् । यी देशलाई विश्वमा उदाउँदो अर्थतन्त्र भएका देशका रुपमा लिइन्छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्