Logo

चिकित्सा शिक्षा विधेयक संसदबाट विधि र प्रक्रियाअनुसार पारित हुन्छ : देव गुरुङ



देव गुरु, प्रमुख सचेतक, नेकपा ससंदीय दल
डा. गोविन्द केसीसँग सरकारले सम्झौता त गर्यो, तर अब उक्त सम्झौता कसरी कार्यान्वयन हुन्छ त ? चिकित्सा शिक्षा विधेयक कसरी अगाडि बढ्छ ? यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलको प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले तपाईहरुलाई संसदमा सरकारको पक्षमा बोल्न आग्रह गर्नुभयो । किन ?
हामीले संसदमा सरकारको पक्षमा बोलिरहेकै छौँ । केही विषयमा अधुरो भएको भए बोल्ने क्रम त छँदै छ । आवश्यक विषयहरुमा सरकारको डिफेन्स गर्नका लागि सासंदहरुको भूमिका प्रभावकारी होस् भन्ने प्रधानमन्त्रीको आशय हो ?

डा. गोविन्द केसीसँग सरकारले सम्झौता त गर्यो, अब कार्यान्वयन कसरी हुन्छ ?
चिकित्सा शिक्षासम्बन्धी विधेयक पनि संसदमा टेबल भइसकेको छ । केसीसँग भएको नौ बुँदे सहमतिको आधारमा विधेयकको अन्तर्यमा जे कुराहरु संशोधन गर्ने भनिएको छ, तिनै विषयहरु पनि अगाडि बढ्छ ।

चिकित्सा शिक्षा विधेयक कति समयभित्र पारित होला ?
संसदबाट विधि र प्रक्रियाअनुसार पारित हुन्छ । नियमित प्रक्रियाअनुसार संसदमा अगाडि बढ्छ । सहमतिको मर्मअनुसार नै काम हुन्छ । आइतबार सैद्धान्तिक छलफल हुछ र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया सुरु हुन्छ । उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुन्छ ।

सरकारले ‘चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने’ डा. केसीसँग सहमति गरेको छ । यो कार्यान्वयन हुन्छ ?
आयोगले दोषी ठहर गरेकालाई पनि निश्चित रुपले कानुनअनुसार कारबाही हुन्छ ।



प्रतिक्रिया दिनुहोस्