एन्फाद्धारा नयाँ लागो डिजाईनकोलागि आवेदन

0
Shares

काठमाडौं,१२ साउन । अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ कार्यसमितिले यसअघि रहँदै आएको एन्फाको लोगोसहित राष्ट्रिय टिमको लोगो र जर्सीको डिजाइनका लागि आवदेन खुला गरेको छ।

एन्फाले संघको लोगो परिर्वतनसँघै राष्ट्रिय टिमको लोगो र जर्सीसमेत परिवर्तन गर्न लागेको हो। एन्फाले यी तीनै कुराको डिजाइनका लागि अगस्‍ट १० सम्म समय तोकेको छ। एन्फाले अगस्‍ट १० भित्र आएकोमध्ये उत्कृष्ट एक लोगो र डिजाइनलाई छनोट गर्नेछ।

खुला प्रतिस्‍पर्धाबाट लोगो छनोट गर्न एन्फाले शनिबार सार्वजनिक सूचना निकालेको हो। एन्फाले लोगो र जर्सी डिजाइनको लागि मापदण्डसमेत तोकेको छ।

लोगो जीवन्त, आकर्षक हुनुको साथै नेपाल र नेपाली फुटबलको प्रतीक झल्कने खालको हुनुपर्नेछ भने यस्तै लोगो र जर्सी अन्तराष्ट्रियस्तरको हुनुपर्नेछ ।

लोगोमा कपीराइट लाग्ने कुराहरू प्रयोग गर्न पाइनेछैन। रंगीन डिजाइनको लोगो र जर्सीमा चारभन्दा बढी रङको प्रयोग गर्न पनि नपाइने उसले जारी गरेको सूचनामा उल्लेख छ। उसले डिजाइन गरेको लोगो उच्च क्वालिटीका साथमा पठाउन पनि आग्रह गरेको छ।
जुन लोगो एन्फाले आधिकारिक रूपमा प्रयोगमा ल्याउने र उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार रुपैयाँ दिने जनाएको छ।