Logo

सडक दुर्घटनामा वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको मृत्यु



काठमाडौँ, १३ साउन । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत एक जनामात्र जीवित रहेको जानकारी प्राप्त भएको छ ।
दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिई प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको घटनामा बाच्न सफल एक कर्मचारीले स्थानीय प्रशासनलाई बताएका राईगढ जिल्ला प्रशासन कार्यालयका विजय सुर्यवंशीले बताएका छन ।

भारतीय राष्ट्रिय विपद व्यवस्थापन बलका कमान्डर अनुपम श्रीवास्तवलेका अनुुसार, “बसमा यात्रारत ३३ जनाको मृत्यु भएको छ भने एक जनाले सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ । मृतक सवैजनाको शरीरलाई स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट उद्धार भइरहेको छ ।”
दुर्घटनास्थल विकट पहाडी क्षेत्रमा भएको र दुर्घटनामा बाच्न सफल एक यात्रुले दुर्घटनाबारे जानकारी गराएको उनले बताए।
भारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापर्बाही र पूराना गाडीहरूका कारण देशभर हरेक बर्ष एक लाख ५० हजार यात्रुले ज्यान गुमाउने गर्छन् ।

यसै महिनाको शुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्