Logo

नेजाको अध्यक्षमा सुदीपराज पन्तको चयन



काठमाडौै,१३ साउन । नेपाल–अमेरिका पत्रकार संघ ‘नेजा’ को अध्यक्षमा दमकका सञ्चारकर्मी सुदीपराज पन्त निर्विरोध रुपमा चुनिएका छन् । आइतबार अमेरिकाको वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो ।
निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुमा विकासराज न्यौपाने, किरण मरहट्ठा, सुरज भण्डारी र मच्छेदेवी गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा रहेका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्य क्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल रहेका छन् । कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्य पदमा नेजाका पूर्ब सचिव अग्नीप्रसाद चौलागाईलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

साधारण सभाको उदघाटन शनिबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा आचार्यले नेजानै अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था रहेकोले नेपाल पत्रकार महासंघसँग आवद्धता रहेको उल्लेख गरे ।
आचार्यले आगामी दिनमा पत्रकार महासंघको साधारण सभामा नेजालाई प्रतिनिधिको हैसियतमा सहभागी हुन समेत आव्हान गरे । नेजा र महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



प्रतिक्रिया दिनुहोस्