Logo

कांग्रेस किन सडकमा आयो ? यसो भन्छन रमेश लेखक



कैलाली, १५ साउन : नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेसको नेतृत्वमा प्राप्त भएको शान्ति र संविधान आज चुनौतीले घेरिएको बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले आज धनगढीमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उहाँले भन्नुभयो, “संविधानको सुरक्षा, संरक्षण तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्ने सवालमा काँग्रेस सडकमा आउन बाध्य भएको छ ।”

नेता लेखकले नेपाली काँग्रेस जित्दै गर्दा काँग्रेस मात्र जित्दैन पूरै देश जित्छ, देशका राष्ट्रिय एजेण्डा जित्छन् भन्ने कुरा इतिहासले स्थापित गरिसकेको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराइले मानवअधिकारको हनन गर्ने प्रयत्न कसैबाट हुन्छ भने त्यो सर्वसत्तावादी सोच रहेको बुझ्नुपर्छ भन्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्