Logo

नेपाली भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान



काठमाडौ,१७ साउन । इण्डोनेसियामा हुनगैरहेको १८ औँ एसियाली खेलकूदमा सहभागी हुन नेपाली भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरेको टोलीले भारोत्तोलनतर्फ पुरुषमा आठ र महिलातर्फ सात गरी १५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन।

पुरुषतर्फ कमलबहादुर अधिकारीले ६९ केजी र विकास थापाले ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलातिर ५३ केजीमा सञ्जु चौधरी तथा ७५ केजीमा १२ औँ सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिने जानकारी प्राप्त भएको छ ।

चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् जसमा कमल १० औँ सागका स्वर्णधारी तथा विकास १२ औँ सागका रजत विजेता रहेका छन ।टोलीको प्रशिक्षकको रुपमा दिनेश भुजेल रहेका छन । यो भन्दा पहिला भारत र जापान गरि दुई पटकमात्र भारोत्तोलनमा सहभागिता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्