Logo

पत्रकार थपलियाको परिवारलाई महासंघको सहयोग



काठमाडौँ, २१ साउन । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले दिवंगत पत्रकार एवं साहित्यकार यादव थपलियाको परिवारलाई रु दुई लाख ९२ हजार २३५ सहयोग रकम हस्तान्तरण गरेको छ ।

कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक थपलियाको उपचारका क्रममा गत असार १५ गते सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा अल्पायुमै निधन भएको थियो ।

सो प्रदेश समितिले मातहतका सबै शाखालाई आर्थिक संकलनका लागि गरेको आग्रहअनुसार संकलित रकम थपलियाका श्रीमती गंगा खतिवडालाई हस्तान्तरण गरिएको समितिका महासचिव बालकृष्ण अधिकारीले जानकारी गराएका छन ।

श्रीमती खतिवडाले चिकित्सकको लापर्वाहीका कारण आफ्ना श्रीमान्को निधन भएको दाबीसहित काठमाडौँ जिल्ला प्रशासनमा गरेकी छिन । महासंघका अन्य शाखा र सञ्चारगृहमा सहयोग रकम संकलन हुनेक्रम भइरहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्