Logo

आज नेपालले पाकिस्तानसँग खेल्दै



काठमाडौँ ,२६ साउन । साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।आज हुन गैरहेको साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो खेल रहेको छ भने पाकिस्तानले दोस्रो खेल खेल्न गैरहेको हो ।

उपाधिको दाबेदारको रुपमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानलाई निराश पार्दै सुखद शुरुवात गर्ने योजनामा रहेको छ । नेपाली टिमकी मुख्य प्रशिक्षक गंगा गुरुङले अघिल्लो वर्ष बंगलादेशमा भएको प्रदर्शनलाई बिर्सदै यसपटक राम्रो प्रदर्शन गर्ने बताएकी छिन् ।उनले भनिन ‘हामीले अघिल्लो सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकेनौ ।

यसपटक टिममा सुधार आएको छ ।’ प्रशिक्षक गुरुङका अुनुुसार नियमित प्रशिक्षण पाइरहेका कारण यसपटक हाम्रो खेलाडीमा उच्च मनोवल रहेको जनाएकि छिन । । भुटानमा जारी खेलहरुमा नेपाली चेलीको प्रदर्शन उच्च रहनेमा उनि आशामा रहेकी छिन।

पाकिस्तान आफ्नो पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो गोल अन्तरमा पराजित भएको थियो । खेल चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ ।नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्