Logo

प्रिमियर लिगका लागि २५ खेलाडी किनबेच



काठमाडौं,२६ साउन। प्रिमियर लिगको आगामी समर सिजन सम्मका लागि २५ खेलाडी किनबेच भएको ेखवर बाहिर आएको छ । इंगल्याण्डका ठुला २० मध्ये १३ टोलीले आफ्नो टोलीमा नयाँ खेलाडी भित्र्याएका छन् ।

जसमा फुलहाम पनि एक टोली हो । जसले पाँचजना नयाँ खेलाडीहरु थप गरेको छ । यसले आफ्नो पहिलो ट्रान्सफरमा १० करोड पाउण्डभन्दा बढीको रकम खर्च गरेको छ । यो कम्पनीको इतिहासमा पहिलो पटक गरिएको जनाईएको छ ।

साथै आगामी सिजनका लागि नयाँ खेलाडीहरु ल्याउने टोलीमा इभर्टन पनि पर्छ । यो टोलीले तीन नयाँ अनुहारलाई भित्र्याएको छ । समय सकिनुभन्दा केही मिनेटअघि मात्र भएका छ सम्झौताहरुमध्येका म्यानचेस्टर सिटीको अष्ट्रेलियाका किशोर खेलाडी ड्यानिअल अर्जानीलाई ल्याउने र चेल्सीले रियल मड्रिडबाट माटेओ कोभासिसलाई लोनमा ल्याउने निर्णय महत्वपूर्ण थियो ।

लिभरपुल र चेल्सीले धेरैको अनुमानअनुसार नै कुनै पनि नयाँ अनुहार आफ्नो टोलीमा ल्याएको छैन भने म्यानचेस्टर युनाइटेड र टोटनह्यामले पनि कुनै परिवर्तन गरेका छैनन् । शुक्रबार पनि लिगमा थप एक खेलाडीको ट्रान्सफर सम्झौता हुनसक्ने जानकारी गराईएको छ ।

लिगको सबैभन्दा सक्रिय क्लब फुलहाम बन्न पुगेको छ । जसले पाँच नयाँ खेलाडीहरु भित्रर्याएको छ । उसले मार्सिल्लेबाट मिडफिल्डर एन्ड्रे–फ्रान्क जाम्बो एङग्युस्सालाई तीन करोड पाउण्डमा ल्याएको छ । यो क्लबले ब्रिस्टोलबाट जोए ब्रायनलाई ६० लाख पाण्डमा ल्याएको थियो । अन्य खेलाडीहरु भने उसले लोनमा ल्याएको जनाईएको छ । जसमा सेभिल्लाका गोलकिपर सर्जियो रिको, एथ्लेटिको मड्रिडका फरवार्ड लुसियानो भेइटो र म्यानचेस्टर युनाइटेडका टिमोथी फोसु–मेन्साह रहेका छन् ।

इभर्टनले पनि तीनजना खेलाडीहरु थप गरेको छ । समरसम्मका लागि उसले आन्द्रे गोमेज र येरी मिनालाई बार्सिलोनाबाट आफ्नो टोलीमा भित्र्याउने निर्णय गरेको छ । साथै ब्राजिलियम प्लेमेकर बर्नार्डलाई फ्रि ट्रान्सफरमा टोलीमा ल्याएको छ ।

टोटनहाम भने निकै कम सक्रिय टोली बन्न पुगेको छ । निर्धारित समयमा अहिलेसम्म उसले कुनै पनि नयाँ खेलाडीहरु ल्याएको छैन । केही खेलाडीहरु टोटनहाम आउने मनसायमा रहेको भए पनि टोटनहामले कुनै चासो नदेखाएको हो ।

साथै यो सिजनको लागि तोकिएको समयमा केही महत्वपूर्ण सम्झौताहरु हुन सकेनन् । म्यानचेस्टर युनाइटेड आफ्नो टोलीमा डिफेन्डर ल्याउनका लागि कुरा अघि बढाएको थियो तर यसमा युनाइटेड सफल हुन नसकेको हो ।

यद्यपि युनाइटेडलाई यो धेरै नराम्रो हुन सकेन किनकी उसले बार्सिलोनाबाट प्रस्ताव आएका पाउल पोग्वालाई आफ्नो टोलीमा राख्न सफल भएको थियो । इभर्टनको पनि एक प्रस्ताव अस्वीकृत भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्