Logo

सोडान, निडान र सानडान प्राप्त खेलाडिहरुलाई प्रमाणपत्र वितरण



काठमाडौं २६ श्रावण । नेपाल गोजू काइ कराते–डो संघले सोडान , निडान र सानडान प्राप्त खेलाडीहरुलाई प्रमाणपत्र बितरण बितरण गरेको छ ।

शनिबार काठमाडौंमा संघले आयोजना गरेको कार्यक्रममा अन्तराष्ट्रिय गोजू काइ कराते–डो संघको मुख्य कार्यालय हेडक्वाटर जापानबाट सोडान , निडान र सानडान प्राप्त खेलाडीहरुलाइ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव बिष्ठले प्रमाणपत्र बितरण गर्नुभएको हो ।

प्रमाणपत्र पाउनेहरुमा सोडान अर्थात फष्ट डान १७ जना , निडान अर्थात सेकेन्ड डान ७ जना तथा सानडान अर्थात थर्ड डन ७ जना खेलाडीहरु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव बिष्टले खेल र खेलाडीको बिकासका लागी प्रयाप्त बजेटको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै संघका उपाध्यक्ष अच्युत राज उप्रेतीले नेपालका खेलाडीहरुले केहि अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुनबाट बञ्चित हुनु परेको गुनासो गर्नुभयो । उहाले खेलाडीहरु विदेशमा गएर लुक्ने गरेका कारण नेपालको खेल क्षेत्र कै वदनाम हुने गरेको भन्दै गोजू काइ कराते–डो संघ यसप्रति सचेत रहेको बताउनुभयो ।

नेपाल गोजू काइ कराते–डो संघ हालसम्म १५ जिल्लामा जिल्ला संघ गठन भईसकेको र अधिराज्य ब्यापी रुपले यसको शाखा बिस्तार गर्दै जाने संघका उपाध्यक्ष अच्युत राज उप्रेतीले बताउनुभयो  ।



प्रतिक्रिया दिनुहोस्