Logo

भिडियो गेमहरु खेलेकै भरमा चोरले उडाएको बिमान दुर्घटना



काठमाडौ,२७ साउन । अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ।

अधिकारीहरूका अनुसार ती व्यक्तिले स्थानीय समयअनुसार शुक्रवार अबेर अनाधिकृत रूपमा विमान उडाएका थिए।उनको त्यस्तो कार्यपछि सियाटलटकोमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो।

दुईवटा एफफिफ्टिन लडाकु जेट विमानहरूले सो विमानलाई पछ्याएका थिए।सो विमान पगेट साउण्ड भनिने विशाल सामुद्रिक क्षेत्रमा खसेको थियो। विमान चलाइरहेका व्यक्ति बाँचेको हुनसक्ने ठानिएको छैन।

स्थानीय अधिकारीको कार्यालयले यो आतंकवादी घटना नभएको बताउँदै विमान चोर्ने मानिस २९ वर्षीय स्थानीयवासी भएको जनाए।उनले कसोकसो सन्तुलन कायम गर्न सके। त्यसपछि उनी टापुतर्फ लागे।एबीसी सेभेन न्यूजका अनुसार एकजना अधिकारी पोल प्यास्टरले रमाइलोमा गरिएको जस्तो देखिएको सो कार्यले दुःखद मोड लिएको बताएका छन्।

उनले यस्तो किन गरे भन्ने स्पष्ट छैन्। तर एअर ट्राफिक कन्ट्रोलसँग भएका संवादको एउटा अडियो रेकर्डिङमा हराइजन एअरको सो विमान ती मानिसले उडाएपछि के भयो भन्ने बारे केही थाहा पाउन सकिन्छ।

सो रेकर्डिङमा ती मानिसले विमानमा कति इन्धन होला भनेर चिन्ता व्यक्त गरिरहेको सुनिन्छ।उनले केही भिडिओ गेमहरू खेलेको बताउँदै सो विमान आफैँले अवतरण गर्न सक्नेतर्फ इंगित गरेका छन्।एकजना प्रत्यक्षदर्शी जोन वोल्ड्रनले सो विमानले पूरै फन्को मारेको देखेको सीएनएनलाई बताएका छन्।

ती प्रत्यक्षदर्शीले भने, उनले कसोकसो सन्तुलन कायम गर्न सके। त्यसपछि उनी टापुतर्फ लागे एक समयमा सो विमान समुद्रभन्दा १०० फिटमाथि नरहेको उनले आकलन गरेका छन।विमान आकाशमा उडिरहेको दृश्य खिचेकी लिया मोर्सले विमान देखेपछि केही गलत भइरहेको भान आफूलाई भएको रोयटर्स समाचार संस्थालाई बताइन्।

अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले छानबिनको जिम्मा लिएको उसबाट लिएको स्थानीय प्रहरी विभागले जनाएको छ।घटनाको केही घण्टापछि, विमानस्थल सामान्य अवस्थामा संचालनमा आइसकेको सो विमानस्थलले ट्वीटरमा राखेको एउटा सन्देशमा जनाएको छ।

एउटा विमान कम्पनीका कर्मचारीले कसरी विमान चोर्न सके भन्ने बारे प्रश्नहरू उब्जिएका छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्