Logo

रियल मड्रिडद्धारा एसी मिलान पराजित



काठमाडौं,२७ साउन । स्पेनिस फुटबल क्लव रियल मड्रिडले प्रिसिजनका खेलमा आफ्नो जितको यात्रा कायमै राखेको छ । रियालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इटालियन क्लव एसी मिलानलाई ३–१ ले हरायो सामाचार प्राप्त भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा रियाललाई जिताउन करिम बेन्जेमाले दोस्रो मिनेटमै गोल गरेका थिए ।

चौथो मिनेटमा गोन्जालो हाइगुएनले गोल गर्दै १–१ को बराबरी गरे ।४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियाललाई अगाडि बढाए ।इन्जुरी समयमा बोर्जा मायोरलले गोल गर्दै रियाललाई ३–१ ले हराए ।

रियालले चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको अभाव खड्किन त दिएको छैन नै अझ बलियो भएर आएको छ ।

मैत्रिपूर्ण अन्य खेलमा लेभान्तेले रियाल जारागोजालाई पेनाल्टी सुटआउटमा, भ्यालेन्सियाले बायर लिभरकुजेनलाई ३–० ले र रियाल बेटिसले लास पल्मसलाई ४–० ले हरायो । एजेन्सि



प्रतिक्रिया दिनुहोस्