Logo

एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन नेपाली क्रिक्रेट टोली मलेसिया जाने



काठमाडौं,२७ साउन ।पछिल्लो साता एक दिवसीय अन्तराष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाई सकेको छ । अब नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्ने भएको छ ।

नेदरल्यान्ड्सविरुद्ध दुई वानडेको शृंखलाअन्तर्गत पहिलो खेलमा अलराउण्डर शरद भेषावकर घाइते भएपछि उनले छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ ।

एसिया कप छनोटका लागि भने सागर पुनले नयाँ आशा दिलाएका छन् । पछिल्लो केहि सातादेखि सागर मलेसियाको प्रिमियर लिग खेलिरहेका छन् । ५० ओभरको प्रतियोगितामा सागरले क्वालालम्पुरका लागि ओपनरको भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।

उनले ९ खेलमा २ शतक र १ अर्धशतकको मद्दतले ४ सय ८२ रन बनाइसकेका छन् । उनी सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानको सुचीमा शीर्ष स्थानमा छन् । प्रतियोगिताको तयारीका लागि लागि टोलीले श्रीलंकामा गएर तीन मैत्रीपूर्ण खेल पनि खेल्ने भएको छ ।

नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङका कारण १ सय ९० रनको सहज लक्ष्य पछ्याउन नसकेको नेपालले दोस्रो खेलमा पनि राम्रो ब्याटिङ गर्न सकेन ।

एक साताको प्रशिक्षणपछि टोलीको अन्तिम १५ खेलाडी छनोट हुनेछ । सागरले टोलीमा पर्न अन्य ब्याट्सम्यानको चुनौती पछाडी पार्नुपर्ने हुन्छ ।प्रदीप ऐरी, सुनिल धमला र विनोद भण्डारी वैकल्पिक खेलाडी रहेका थिए । सागरको स्पिन बलिङ पनि स्तरीय भएका कारण उनको टोलीमा पर्ने सम्भावना बढी छ ।



प्रतिक्रिया दिनुहोस्