Logo

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध



काठमाडौँ, १ भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन सर्च इन्जिन निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् ।

बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।

तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ ।

अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन । रासस



प्रतिक्रिया दिनुहोस्