माइतिघरमण्डलामा महिलाहरु यसरी नाङ्गिए, प्रहरीको हस्तक्षेप (भिडियोसहित)


भदौ २, काठमाण्डौ । पछिल्लो समय मुलुकमा वलात्कार र महिला हिंसाका घटना बढ्दै गएपछि महिला अधिकारर्कीहरु आक्रोषित बनेका छन् ।

बलात्कार र महिला हिंसामा संलग्नलाई फाँसिको सजाय दिनुपर्ने मागसमेत उठाइएको छ । शनिवार काठमाडौको माईतिघरमा महिलाहरुले अर्धनग्न प्रर्दशन गर्दै सरकारको ध्यानाकर्षण गराए ।

महिला युवा संञ्जालको नेतृत्वमा बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा विरोध प्रर्दशन गरिएको छ । बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न भएर प्रर्दशनमा सहभागि थिए ।

प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप पनि हुन पुगेको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भण्डरी लगायत केहिलाई नियन्त्रणमा लिएको छ ।

बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।

झडपको भिडियो :

https://www.youtube.com/watch?v=784AnR12B7I&t=103s

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ । देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।