हरिवंश आचार्य र ऋषि धमलाले गरे अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण (भिडियोसहित)


काठमाडौँ, ५ भदौ । बालगायक अशोक दर्जीको घर निर्माण समितिले आज दमकमा बिभिन्न सेलिब्रेटीको उपस्थितिमा अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरेको छ।

सोमबार आयोजना गरिएको कार्यक्रममा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा अशोक दर्जीको बुवा आमालाई घरको साँचो हस्तान्तरण गरे।

गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको सक्रियतामा घर निर्माण सम्पन्न भएको हो। अशोकको घर बाहिरबाट जति राम्रो बनेको छ, भित्र सामानहरू, फर्निचरहरू पनि त्यतिकै राम्रा र बहुमूल्य छन्।

छाप्रोमा बस्दै आएको अशोकको परिवार अहिले पक्की घरमा सरेको छ। घर निर्माणको लागि देश विदेशबाट थुप्रै नेपालीहरूले आर्थिक सहयोग पनि गरेका थिए।

भिडियो स्रोत : मेरो साथी टिभी 

Skip This