Logo

म राजनीतिक जोगी हुँ, कमाउ धन्दामा लाग्दिन : प्रधानमन्त्री ओली



भदौ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन् ।

गृह जिल्ला झापाको गौरादह नगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताका हुन् । प्रधानमन्त्री ओलीले कमाउनु भन्दा जनताको पक्षमा काम गरेर देखाउने मौका पाएकोले काम गरेर देखाउने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार विकासको भिजन बोकेको सरकार भएको दावी गरे ।

नेपाललाई समृद्ध बनाउने अभियानमा लागिपरेकाले ढाँट छलको राजनीति नगर्ने स्पस्ट पारे । आधुनिक कृषि प्रणालीमा जोड दिएका प्रधानमन्त्री ओलीले अब बाँझा खेतमा आधुनिक कृषि प्रणाली अवलम्बन गरिने बताए ।

यसअघि प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा ५० शैयाको आयुर्बेदिक अस्पताल शिलान्यासको कार्यक्रम तय भएको थियो । तर ,सुरक्षा र बाटो हिलाम्वे भएको लगायतका कारण देखाउँदै प्रधानमन्त्री ओली शिलान्यास स्थलमा नगएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्