Logo

संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि कसलाई गर्ला सिफारिस ?



भदौ ७, काठमाण्डौ । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्चको इतिहासमै परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भयो ।

जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो ।

प्रधानन्यायाधीश सिफारिसका लागि दिउँसो ४ बजे बैठक बस्दैछ ।

सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् । परिषद्ले यी दुईमध्ये एक नाम सिफारिस गर्नुपर्नेछ ।

यता प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने यसअघि संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेका दिपकराज जोशीलाई नै अघि सार्ने पक्षमा छ ।

यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्