Logo

अदालत र निजामति क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप बढ्यो : केसी



भदौ ८, काठमाण्डौ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेकाले संगठन कमजोर हुँदै गएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले अपराधिक घटना बढिरहे पनि प्रहरीहरु आफ्नै अस्तित्वको लडाई लड्नुपर्ने स्थिती रहेको तर्क गरे ।

“प्रहरी आफैँ आफ्नो जागीरको अस्तित्वको लडाई लड्नुपर्ने स्थिती छ । आफ्नो जागीर कुन बेला के हुने हो थाहा छैन । नवराज सिलवालकै उदाहरण हेर्न सकिन्छ ।” केसीले भने ।

प्रहरी संगठनमा नाङ्गो रुपमा राजनीतिक हस्तक्षेप हुने भएकाले प्रहरीको पद नै असुरक्षित भएको उनको तर्क छ ।

पछिल्लो समय अदालत र निजामति क्षेत्रमा पनि राजनीतिक हस्तक्षेप बढेको उनले बताए ।

“सर्वत्र राजनीतिकरणले राम्रोसँग काम हुन सकेको छैन । हरेक क्षेत्रका कर्मचारीको मन हतास छ ।” केसीले भने ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनाले उग्र रुप लिनुमा राज्यको कमजोरी भएको केसीको ठहर छ ।

दण्डहिनताको अवस्थाले महिला हिंसा, बलात्कार, हत्या जस्ता घटना बढेको केसीको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्