Logo

निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल



भदौ ८, काठमाण्डौ । नेकपाका नेता भिम रावलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनालाई नेपाली काँग्रेसले राजनीतीकरण गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले हत्या र अपराधका नाममा नेपाली काँग्रेसका केहि मानिसले अनावश्यक उक्साएको दावी गरे ।

नेता रावलले केहि व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्न, जनतामा गलत सुचना प्रवाह गर्ने र अपराधिलाई उम्काउने, उद्देश्यबाट राम्ररी अनुसन्धान गर्न नदिने काम गरिरहेको भन्दै त्यसप्रति जनसमुदायलाई सचेत रहन आग्रह गरे ।

“अपराधी कुनै पनि हालतमा छुट्नुहुँदैन । तर अपराधका नाममा केही व्यक्तिहरुले राजनीतिक स्वार्थपूर्तिका लागि अपराधी उम्काउने षडयन्त्र गरेका छन् ।” रावलले भने ।

उनले कञ्चनपुरमा आफ्ना पार्टीका स्थानिय जनप्रतिनिधी, सांसदहरु अपराधिलाई कुनै पनि हालतमा छुट दिन हुन्न भन्ने पक्षमा कडा भएर उभिएको दावी गरे ।

रावलको अभिव्यक्तिलाई लिएर कञ्चनपुरका जनता भने आक्रोषित भएका छन् ।

सम्बन्धित समाचार : 



प्रतिक्रिया दिनुहोस्