Logo

चितवनमा बस र ट्रक ठोक्कियो, २८ यात्रु घाईते



चितवन, ९ भदौं। चितवनको भरतपुर महानगरपालिका २९ स्थित दासढुंगामा बस र ट्रक ठोक्किदा २८ जना यात्रु घाईते भएका छन् ।

आज (शनिबार) विहान ६ः३० बजेको समयमा दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते सबै यात्रुको उद्धार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्