Logo

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिज छानविनको दायारमा



भदौ ९, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही नगरेको आरोपमा गृहमन्त्रालयले प्रहरी अधिकारीहरुमाथि छानविन गर्ने भएको छ ।

गृहले एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी ननिभाएको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे वयान लिने तयारी गरिएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा फाँटका प्रहरी अधिकारीलाई पनि गृहमन्त्रालयमा बोलाएर सोधपुछ गर्न लागिएको बताइएको छ ।

निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ ।
दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

निर्मलाको बलात्कार सम्बन्धी घटनामा शंकास्पद देखिएको भनिएका एसपीका छोरा र मेयरका भतिजालाई समेत अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले जिल्लालाई निर्देशन दिनेबारे प्रधानमन्त्री र गृहमन्त्रीवीच छलफल भएको बताइएको छ ।

यसका साथै बलात्कार र हत्याको घटनामा अनुसन्धानका लागि यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिने भएको छ ।

सम्बन्धित समाचार : 

  1. कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय

  2. नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो

  3. प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?

  4. सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?

  5. कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी

  6. निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा

  7. सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा

  8. निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल

  9. निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत

  10. कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग



प्रतिक्रिया दिनुहोस्