Logo

अमेरीकादेखि मेक्सिकोसम्म तस्करको निजी सुरुङ



काठमाडौँ । अमेरिकाको एरिजोनामा लागुऔषध तस्करीका लागि बनाइएको २२ फिट गहिरो, पाँच फिट अग्लो र तीन फिट चौडा सुरुङबारे पत्ता लगाएको अमेरिकी अधिकारीहरुले बताएका छन।

करिब एक सय ८० मिटर लामो यो सुरुङ अमेरिकाको सेन लुई शहरदेखि मेक्सिकोको लुइस रिओ कोलोराडो शहरको एउटा घरसम्मको रहेको बताईएको छ ।

गत हप्ता पत्ता लगाएको यो सुरुङ अमेरीकामा रहेको एउटा पुरानो केएफसी रेष्टुरेन्टको बेसमेन्टबाट मेक्सिकोको एक घरसम्मको रहेको जनाइएको छ। दक्षिण एरिजोनास्थित उक्त बिल्डिङका मालिकलाई प्रहरीले पक्राउ गरिसकेको जनाईएको छ।

छानबीनमा संलग्न कुकुरको सहयोगमा अमेरिकी पुलिस अधिकारीलाई लोपेजको त्यो गाडीसम्म पुर्याएको थियो जसमा नशालु औषधीले भरिएको डब्बाहरु राखिएका थिए । उक्त डब्बामा २१ किलो हेरोइन, ६ ग्राम कोकिन, तीन किलो फेन्टानिल र एक सय १८ किलो मेथामफेटमिन रहेको थियो । प्रहरीले बरामद गरेको उक्त लागुऔषधको मूल्य लगभग ११ अर्ब रुपैयाँ भन्दा बढी रहेकोपनि अनुमान गरिएको छ ।

पुरानो केएफसीको किचनबाट सुरु भएको यो सुरुङ मेक्सिकोको एउटा घरको ओछ्यानमुनी पुगेपछि समाप्त रहेको अमेरिकी अनुुसन्धानकर्मीले जनाएका छन ।

यो भन्दा पहिला दुई वर्ष अघि क्यालिफोर्नियाको सेन डिएगोमा पनि पहरीले दुई हजार ६ सय फिट लामो सुरुङ भेटेपनि यो नै अहिलेसम्मको सबैभन्दा लामो सुरुङ हो जसलाई चरेस र कोकिनजस्ता मादक पदार्थ खरिद र बिक्रीका लागि प्रयोग गरिने गरिएको थियो।सुरुङमा भेटिएका लागुऔषधलाई प्रहरीले एउटा डोरीको साहायताबाट बाहिर निकालिसकिएको बताइएको छ ।बीबीसी



प्रतिक्रिया दिनुहोस्