Logo

‘समानतासहित समृद्ध नेपाल निर्माणको बाटोमा सरकार’



काठमाडौं, ९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले सामाजिक न्याय र समानतासहित समृद्ध नेपाल निर्माणको बाटोमा सरकार अघि बढिरहेको बताएका छन् ।

देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठान नेपालले शनिबार काठमाडौमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले सामाजिक न्याय र समानता बिनाको समृद्ध नेपाल अपुरो हुने धारणा पनि राखेका हुन् ।

मन्त्री अधिकारीले समाजमा सामाजिक न्याय र समानता भएमात्र सुखी नेपाली समृद्धि नेपालको नारा साकार हुने उनको भनाई छ ।

उनले आजको नया अबस्थाको आर्थिक बिकासको समृद्धिलाई हेर्ने हो भने नया प्रविधीलाई पनि आत्मसाथ गर्नुपर्ने बताए ।

मन्त्री अधिकारीले राजनीतिक आन्दोलन शिखरमा पुगेका बेला सास्कृतिक आन्दोलन भने अघि बढ्न नसकेको जिकिर गरे ।

सास्कृतिक आन्दोलनलाई अघि बढाउन नसकिने राजनीतिक आन्दोलनको उपलव्धी दिगो हुन नसक्ने उनले बताए । .

कार्यक्रममा देवकोटा–लु सुन प्रज्ञा पुरस्कार सम्मान अग्रज साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्